मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग

nepalviews.com · Sun Nov 01 07:17:38 UTC 2026

एजेन्सी। चीनले पछिल्लो समय निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै लगेको छ । अग्ला–अग्ला भवनका सिसा सफा गर्नेदेखि निर्माणस्थलमा फलामका छड बाँध्नेसम्मका काममा रोबोट प्रयोग हुन थालेका छन् ।

दक्षिण चीनको ग्वाङ्झाउमा भवनका बाहिरी भाग सफा गर्न रोबोट प्रयोग भइरहेको छ । यसअघि मानिसले जोखिम मोलेर गर्दै आएको अग्ला भवनका झ्याल सफा गर्ने काम अहिले रोबोटले गर्न थालेका छन् । रोबोटले भवनको बाहिरी भागमा रहेर सफाइ, निरीक्षण तथा नियमित अनुगमनका काम गर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)