मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काठमाडौंको न्युरोडमा पनि हिमालयन बुलियनको आउटलेट

corporatenepal.com · Sun Nov 01 07:09:09 UTC 2026

काठमाडौं । साढे दुई दशकभन्दा बढी समयदेखि शुद्ध चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनीले काठमाडौंको न्युरोडमा पनि आउटलेट सञ्चालन गर्ने भएको छ । हालसम्म ज्ञानेश्वरबाट मात्र चाँदीका बार र सिक्काको कारोबार हुँदै आएकोमा आगामी आइतबार न्युरोडमा आउटलेट उद्घाटन गर्ने तयारी पूरा भएको कम्पनी सञ्चालक भिष्म गौतमले जानकारी दिए ।

‘न्युरोड मलको पहिलो तल्लामा आउटलेट तयार भइसकेको छ,’ सञ्चालक गौतमले भने, ‘कात्तिक १५ गते आइतबार उद्घाटन गर्दै छौं ।’ न्युरोड आउटलेट कम्पनीको व्यवसाय विस्तारको एक हिस्सा रहेको पनि उहाँले बताउनुभयो । ‘यसबाट ग्राहकलाई पनि सहज हुनेछ,’ गौतमले भने । कम्पनीले भविष्यमा देशका अन्य प्रमुख सहरमा पनि आउटलेट विस्तार गर्ने उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)