मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प र नेतान्याहूबीच छलफल

baahrakhari.com · Sun Nov 01 07:27:49 UTC 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग टेलिफोन वार्ता गरेका छन् । यसै साताको सुरुमा ह्वाइट हाउसमा बसेको बैठकलगत्तै दुई नेताबीच कुराकानी भएको द वाल स्ट्रिट जर्नल ले जनाएको छ ।

उक्त बैठकमा ट्रम्पले इरानमाथि प्रमुख सैन्य कारबाही पुनः सुरु गर्ने विकल्पबारे वरिष्ठ सैन्य कमान्डरसँग परामर्श गरेका थिए । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार ट्रम्पले नयाँ आक्रमण गर्ने वा नगर्नेबारे निर्णय गरिनसकेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)