बंगालको खाडीमा विकसित हुँदै छ 'मुरासु' चक्रवात
barnanmedia.com · Sun Nov 01 07:21:21 UTC 2026

बंगालको खाडीमा अर्को शक्तिशाली चक्रवात विकसित हुने सम्भावना बढ्दै गएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार दक्षिणपूर्वी बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्दै चक्रवाती आँधीमा परिणत हुने क्रममा छ ।
विभागका अनुसार शनिबार राति साढे ११ बजे उक्त प्रणाली दक्षिणपूर्वी बंगालको खाडीमा केन्द्रित थियो । यो चेन्नईबाट करिब ८३० किलोमिटर पूर्व–दक्षिणपूर्व र आन्ध्र प्रदेशको विशाखापट्टनमबाट ८८० किलोमिटर दक्षिण–दक्षिणपूर्वमा थियो । यो प्रणाली आइतबार मध्याह्नसम्म गहिरो न्यूनचापीय प्रणाली बन्ने, सोही दिन मध्यरातसम्म चक्रवाती आँधीमा परिणत हुने विभागको अनुमान छ । सोमबार शक्तिशाली चक्रवाती आँधीमा परिणत हुन सक्ने विभागले विश्लेषण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)