मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

१९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी दुई दिन थप, अब कार्तिक १८ गतेसम्म सञ्चालन हुने

halokhabar.com · Sun Nov 01 07:26:00 UTC 2026

ललितपुर। फ्लोरिकल्चर एसोसिएसन नेपाल (FAN) को आयोजनामा ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थप गरिएको छ। यसअघि कार्तिक १२ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने गरी तय गरिएको प्रदर्शनी अब कार्तिक १८ गते बुधबारसम्म सञ्चालन हुने आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ।

प्रदर्शनीको पहिलो दिन अपेक्षाभन्दा उत्साहजनक कारोबार हुनुका साथै अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। तर, मौसममा आएको प्रतिकूल परिवर्तनसँगै शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण प्रदर्शनी स्थलमा दर्शक तथा अवलोकनकर्ताको आवागमन प्रभावित भएको थियो। वर्षाका कारण मेला स्थल नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएपछि पुष्प व्यवसायी, फूलप्रेमी तथा सर्वसाधारणले प्रदर्शनीको प्रत्यक्ष अवलोकन गर्न असुविधा भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)