नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो
nepalsamaya.com · Sun Nov 01 07:03:48 UTC 2026

काठमाडौं- नबिल बैंकले चालू आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा गरेको बैंकको खुद नाफा यस वर्ष ४५ दशमलव ४४ प्रतिशत बढेको हो।
बैंकको इम्पेरमेन्ट चार्ज ६४ करोड ७२ लाख रुपैयाँबाट घटेर १६ करोड ४० लाख रुपैयाँमा झरेको छ। यसैगरी खुद ब्याज आम्दानी ३ अर्ब ९० करोडबाट बढेर ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)