दिउँसो २ बजेदेखि बीपी राजमार्ग सञ्चालनमा आउने
barnanmedia.com · Sun Nov 01 07:29:52 UTC 2026

दुई दिनदेखि अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग आज (आइतबार) दिउँसो २ बजेदेखि सञ्चालनमा आउने भएको छ। रोशी खोलामा आएको बाढीले सडकका विभिन्न स्थानमा क्षति पुर्याएपछि अवरुद्ध बनेको राजमार्ग मर्मतको काम अन्तिम चरणमा पुगेको छ।
सडक डिभिजन भक्तपुरका इन्जिनियर हिमाल काफ्लेका अनुसार राजमार्गको अधिकांश स्थानमा मर्मत कार्य सम्पन्न भइसकेको छ। अब गिम्दीबेँसी क्षेत्रमा मात्रै सडक निर्माणको काम बाँकी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)