टिकटकमार्फत विश्व बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्दै पर्यटन बोर्ड
bishowkhabar.com · Sun Nov 01 07:46:57 UTC 2026

काठमाडौं – नेपालको पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आएका छन् । उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैली समेटिएका भिडियो तथा डिजिटल सामग्री तयार गरी सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ पुर्याउनेछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (यूएई), बङ्गलादेश र श्रीलङ्काका कन्टेन्ट क्रिएटरलाई नेपाल आमन्त्रण गरिएको पर्यटन बोर्डले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)