निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग
corporatenepal.com · Sun Nov 01 08:38:20 UTC 2026

काठमाडौं । चीनले पछिल्लो समय निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै लगेको छ । अग्ला–अग्ला भवनका सिसा सफा गर्नेदेखि निर्माणस्थलमा फलामका छड बाँध्नेसम्मका काममा रोबोट प्रयोग हुन थालेका छन् ।
दक्षिण चीनको ग्वाङ्झाउमा भवनका बाहिरी भाग सफा गर्न रोबोट प्रयोग भइरहेको छ । यसअघि मानिसले जोखिम मोलेर गर्दै आएको अग्ला भवनका झ्याल सफा गर्ने काम अहिले रोबोटले गर्न थालेका छन् । रोबोटले भवनको बाहिरी भागमा रहेर सफाइ, निरीक्षण तथा नियमित अनुगमनका काम गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)