मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोली लागेर घाइते आदित्य पासवानको आईसीयूमा उपचार जारी, अवस्था स्थिर

ratopati.com · Sun Nov 01 08:53:57 UTC 2026

काठमाडौँ। बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपमा गोली चल्दा गम्भीर घाइते भएका आदित्य पासवानको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार जारी छ ।

झडपमा गोली चल्दा घाइते भएका पासवानको हाल आइसियुमा राखेर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए । अस्पतालका अनुसार उनको अवस्था स्थिर छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)