मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पृथ्वी राजमार्गको आवागमन बन्द हुने

sutranews.com · Sun Nov 01 09:07:37 UTC 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले सोमबार (कात्तिक १६) पृथ्वी राजमार्गको आवागमन बन्द हुने जनाएको छ । आइतबार सार्वजनिक सूचना निकालेर कार्यालयले सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म पृथ्वी राजमार्गको आवागमनमा रोक लगाइएको जनाएको हो । बेनीघाट रोराङ गाउँपालिका९, मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नति कार्यका लागि राजमार्गमा सवारी आवागमनमा रोक लगाइएको प्रशासकीय अधिकृत सन्देश मास्केले जानकारी दिए । उनले जारी गरेको सूचनामा उक्त अवधिभर यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न भनिएको छ । undefined

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)