एनआरएनएको मध्यपूर्व क्षेत्रीय सम्मेलनमा श्रमिकका मुद्दालाई प्राथमिकता दिइने
ratopati.com · Sun Nov 01 09:08:36 UTC 2026

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कतारमा हुने नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा श्रमिकका मुद्दालाई प्राथमिकता दिइने भएको छ । शनिबार राति आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत मध्यपूर्व संयोजक रमेश श्रेष्ठ डिसेम्बर ११ र १२ तारिखमा हुने सम्मेलनमा श्रमिकका मुद्दालाई प्राथमिकता दिइने जानकारी दिए ।
सम्मेलन 'सुरक्षित श्रम, आप्रवासन; समृद्ध भविष्य, एनआरएनएको अभियान' भन्ने मूल नाराका साथ तय गरिएको उनको भनाइ छ । यस पटकको भेलालाई 'सहयात्रा' को नाम समेत दिइएको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)