गगन थापाले भने– रास्वपाको निर्देशन सरकारले कार्यान्वयन गरेन
baahrakhari.com · Sun Nov 01 09:10:11 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दिएको निर्देशन सरकारले कार्यान्वयन नगरेको आरोप लगाएका छन् । सञ्चारगृह परिसरमा गरिएको गाडी पार्किङको प्रसंग उठाउँदै उनले रास्वपाको निर्देशन र सरकारको कामबीच तालमेल नरहेको बताएका हुन् ।
पत्रकार पक्राउ गरिएको घटनासँग गाडी पार्किङको प्रसंग जोड्दै थापाले सरकारको कार्यशैलीको आलोचना गरे । आइतबार (कात्तिक १५) कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ‘विशेष’ सम्बोधन गरी उनले सञ्चारमाध्यममाथि सरकारले पटक–पटक प्रहार गर्दै आएको भन्दै आपत्ति जनाए । शुक्रबार (कात्तिक १३) सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनाको उनले विरोध गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)