‘हामी नै स्टेट हौँ र मेरो इच्छा नै कानुन हो भन्ने भ्रम सरकारले नपाले हुन्छ’
nepalpress.com · Sun Nov 01 09:14:19 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रतामाथि सरकारले सीमा नाघेको भन्दै कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । समाचार लेखेकै आधारमा सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने सरकारी कदमले शाही शासनकालको झल्को दिएको भन्दै उनले यसको सशक्त प्रतिवाद गर्ने बताए ।
सानेपास्थित कांग्रेस मुख्यालयमा विशेष सम्बोधन गर्दै थापाले पछिल्लो समय पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र प्रहरीको गतिविधि विचित्र र शङ्कास्पद देखिएको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)