मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभापति गगन थापाले उठाए सरकारको नियतमाथि प्रश्न

ratopati.com · Sun Nov 01 09:18:46 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारबाट हुने अनुसन्धानहरू निष्पक्ष हुनेमा गम्भीर प्रश्न उठाएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा बनेका विभिन्न छानबिन समितिका प्रतिवेदनहरू सार्वजनिक नगरी दराजमा थन्क्याइएको भन्दै सरकारको नियतमाथि प्रश्न गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै थापाले घटना सामसुम पार्न समिति बनाउने तर त्यसका प्रतिवेदन गुपचुप राख्ने सरकारी प्रवृत्तिप्रति आक्रोश पोखे। ‘सरकारबाट अनुसन्धान फेयर (निष्पक्ष) हुन्छ भन्नेबारेमा हाम्रो ठुलो प्रश्न छ,’ थापाले भने, ‘अब छानबिन समिति पनि के माग्ने ? विगतका नजिर हेर्दा समिति गठन औपचारिकतामा मात्र सीमित भएको देखिन्छ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)