मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

reportersnepal.com · Sun Nov 01 09:32:11 UTC 2026

काठमाडौँ, १५ कात्तिक । संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित गर्ने गरी विद्यालय शिक्षा विधेयक ल्याइनुपर्नेमा सांसद, नीति निर्माता, विज्ञ र अधिकारकर्मीको साझा जोड रहेको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको १७औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथिको बहसमा वक्ताहरुले सार्वजनिक शिक्षा राज्यको दायित्व हुनुपर्ने, शैक्षिक सुसञ्चालनमा केन्द्र, प्रदेश र स्थानीय तहको स्पष्ट अधिकार बाँडफाँट हुनुपर्ने र शिक्षामा पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)