डकार युथ ओलम्पिकमा आर्या र अभिवले बोके नेपालको झन्डा
ratopati.com · Sun Nov 01 09:48:55 UTC 2026
काठमाडौँ । डकार युथ ओलम्पिकको उद्घाटन समारोहमा भएको मार्चपास्टमा नेपालको झन्डा बोक्ने गौरव पौडी खेलाडीद्वय आर्या महर्जन र अभिव प्रधानले पाएका छन् । यी दुवैले हालै सम्पन्न आइची नागोया एसियाली खेलकुदमा पनि नेपालको प्रतिनिधित्व गरेका थिए ।
अफ्रिकी भूमिमा पहिलो पटक ओलम्पिक इभेन्ट हुँदैछ । सेनेगलको डकारमा शनिबार मध्यराति रङ्गीचङ्गी, झकिझकाउ कार्यक्रमबिच डकार युथ ओलम्पिकको उद्घाटन समारोह सम्पन्न भएको थियो । जसमा नेपालसहित २०४ राष्ट्र र युथ रेफुजी ओलम्पिक टिमले पनि मार्चपास्ट गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)