पर्वतको प्रदेश अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट, मुख्य आरोपी प्रहरी नियन्त्रणमा
swasthyakhabar.com · Sun Nov 01 09:27:52 UTC 2026

पर्वत - पर्वतको कुश्मास्थित प्रादेशिक अस्पतालमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात तथा कुटपिट भएको छ। अस्पतालमा उपचाररत बिरामीका आफन्तले मादक पदार्थ सेवन गरी नर्सिङ कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार २०८३ कात्तिक १५ गते बिहान १२ः०५ बजे अस्पतालको अन्तरंग विभागमा उपचाररत कुश्मा नगरपालिका–२ का एक बिरामीको उपचारका क्रममा उक्त घटना भएको हो। बिरामीका आफन्तले ड्युटीमा रहेका नर्सिङ कर्मचारीमाथि गालीगलौज गर्नुका साथै हातपात र कुटपिट गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)