फेटा घटनामा प्रहरीको गोली लागेर घाइते बालक काठमाडौं ल्याइयो, त्रिवि शिक्षण अस्पतालमा उपचार जारी
swasthyakhabar.com · Sun Nov 01 09:45:39 UTC 2026

काठमाडौं - बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय बालक आदित्य पासवानलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। उनलाई आज नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ल्याइएको हो।
घटनामा घाइते भएका पासवानलाई सुरुमा वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनलाई घटनाको भोलिपल्ट बिहान ११ः३० बजे अस्पताल ल्याइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)