जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै
ratopati.com · Sun Nov 01 09:54:48 UTC 2026

झापा। चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका जिल्लामा रैथाने खाजा ‘भक्का’ को व्यापार फस्टाउन थालेको छ। राजवंशी भाषामा ‘भक्का’ भनिने आदिवासी समुदायको यो परम्परागत परिकारलाई आमबोलीचालीमा ‘भक्का’ भनेर चिनिन्छ । यो परिकार अचेल सबै समुदाय र उमेरका आमउपभोक्ताको रोजाइ बन्ने गरेको छ।
मेचीनगर नगरपालिका-१५ की जागनी राजवंशी एक दशकदेखि घरबाट दुई किलोमिटर टाढा धुलाबारी मोडमा पुगेर दिनैपिच्छे बाफ उडिरहेको तात्तातो भक्का बेचिरहेकी छन्। “हरेक दिन १० किलो पीठोको भक्का बेच्ने गरेको छु”, उनले भनिन्, “घर परिवारको खर्च चलाउन मज्जाले पुगिरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)