मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रिय खेलकुदका लागि कञ्चनपुरमा आठ सय खेलाडी छनोट प्रतिस्पार्धामा

ratopati.com · Sun Nov 01 09:56:39 UTC 2026

कञ्चनपुर । आगामी मङ्सिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा जिल्ला छनोटको तयारी थालिएको छ ।

जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुरका २३ वटा खेल विधामा ८४० जना खेलाडीले छनोटका लागि फारम भरेका बताएका छन् । “२३ वटा खेलमा ८४० जना खेलाडीले फारम भरेर खेल तयारीमा जुटेका छन”, उनले भने, “जिल्लाबाट प्रतिस्पर्धामार्फत ११५ जना छनोट हुनेछन् ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)