जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै
reportersnepal.com · Sun Nov 01 09:56:58 UTC 2026

झापा, १५ कात्तिक । चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका जिल्लामा रैथाने खाजा ‘भक्का’ को व्यापार फस्टाउन थालेको छ । राजवंशी भाषामा ‘भक्का’ भनिने आदिवासी समुदायको यो परम्परागत परिकारलाई आमबोलीचालीमा ‘भक्का’ भनेर चिनिन्छ । यो परिकार अचेल सबै समुदाय र उमेरका आमउपभोक्ताको रोजाइ बन्ने गरेको छ ।
मेचीनगर नगरपालिका-१५ की जागनी राजवंशी एक दशकदेखि घरबाट दुई किलोमिटर टाढा धुलाबारी मोडमा पुगेर दिनैपिच्छे बाफ उडिरहेको तात्तातो भक्का बेचिरहेका छन् । “हरेक दिन १० किलो पीठोको भक्का बेच्ने गरेको छु”, उनले भने, “घर परिवारको खर्च चलाउन मज्जाले पुगिरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)