मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेरो इच्छा नै कानुन हो भन्ने भयो, सरकारको प्रवृत्ति चिन्ताजनक छ - गगन थापा

arthasansar.com · Sun Nov 01 09:51:37 UTC 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको प्रतृत्तिले सीमा नाघेको टिप्पणी गरेका छन् । उनले हालै विभिन्न मिडिया हाउसमा पुगेर सञ्चारकर्मीलाई पक्राउ र पक्राउको तयारीको विषयसमेत समेटेर सरकारको विषयमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट यस्तो टिप्पणी गरेका हुन् । उनले अहिले सरकारले शक्तिको स्वेच्छाचारी प्रयोग गरिरहेको पनि बताए ।

उनले भने,‘अहिले सरकारको कामकारबाही चिन्तित नै भएर हेर्नुपर्ने विषय भयो । प्रवृत्ति चिन्तित नै बनाउने खालको छ । हामी नै हो स्टेट, हामीले बोलेको कुरा हुकुम हुन्छ, अड्डा, अदालत, प्रहरी हाम्रा आदेश पालना गर्नेहरू हुन् भन्ने सोचियो । शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ । मेरो इच्छा नै कानुन हो भन्ने भयो अहिले भएकै त्यही हो । प्रवृत्तिले हद नाघेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र नेताहरूले गलत भयो भन्ने बोल्ने काम भएको छ । सरकारले कुनै कुरा गलत गर्दा हामी बोल्थ्यौं ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)