मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

onlinekhabar.com · Sun Nov 01 09:58:16 UTC 2026

१५ कात्तिक, झापा । चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका जिल्लामा रैथाने खाजा ‘भक्का’ को व्यापार फस्टाउन थालेको छ । राजवंशी भाषामा ‘भक्का’ भनिने आदिवासी समुदायको यो परम्परागत परिकारलाई आमबोलीचालीमा ‘भक्का’ भनेर चिनिन्छ । यो परिकार अचेल सबै समुदाय र उमेरका आमउपभोक्ताको रोजाइ बन्ने गरेको छ ।

मेचीनगर नगरपालिका–१५ की जागनी राजवंशी एक दशकदेखि घरबाट दुई किलोमिटर टाढा धुलाबारी मोडमा पुगेर दिनैपिच्छे बाफ उडिरहेको तात्तातो भक्का बेचिरहेका छन् । ‘हरेक दिन १० किलो पीठोको भक्का बेच्ने गरेको छु’, उनले भने, ‘घर परिवारको खर्च चलाउन मज्जाले पुगिरहेको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)