राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना
himalpress.com · Sun Nov 01 10:14:59 UTC 2026

पोखरा- गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व संकलन बढाउन, राजस्व प्रशासनलाई व्यवस्थित गर्न र राजस्व संकलन गर्ने निकायबीच समन्वय गर्न आर्थिक मामिला मन्त्रालयअन्तर्गत राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको छ।
कार्यालयले सोमबारदेखि औपचारिक रूपमा सेवा प्रवाह सुरु गर्ने मन्त्रालयका प्रवक्ता उपसचिव गुमादेवी शर्माले जानकारी दिइन्। मन्त्रालय परिसरमै रहेको भवनबाट कार्यालय सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)