मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

रावणको भूमिका निर्वाह गरेपछि यशलाई छोराको प्रश्न : तपाईं खराब मान्छे हो ?

ratopati.com · Sun Nov 01 10:40:51 UTC 2026

मुम्बई । बलिउडको बहुप्रतीक्षित फिल्म ‘रामायण’मा भगवान रामको भूमिकामा रणवीर कपुर र माता सीताको भूमिकामा साई पल्लवी देखिँदैछन्। तर, यस फिल्ममा सबैभन्दा बढी चर्चामा भने सुपरस्टार यश छन्, जो रावणको भूमिकामा देखिँदैछन्। ‘रकी भाइ’का रूपमा परिचित यशले हालै आफ्नो छोरासँग रावणको पात्रलाई लिएर भएको रमाइलो र भावुक संवादबारे खुलाएका छन्।

यशले ‘रामायण’को तयारीका क्रममा आफ्नो छोरासँग भएको कुराकानी स्मरण गर्दै भने, ‘मेरो छोरालाई थाहा छ कि उसका पिता ‘हिरो’ हुन्, तर जब उसलाई ‘रामायण’को कथाबारे थाहा भयो, उसले मलाई सीधै सोध्यो— ‘के तपाईं रावण हो ?’ छोराको यस्तो प्रश्न सुनेर यशले जवाफ दिए, ‘यो वास्तविक जीवन होइन, यो फिल्मको हो ।’ तर, छोराले अडान लिँदै भन्यो, ‘होइन, तपाईं त खराब मान्छे हुनुहुन्छ, तपाईंले यस्तो भूमिका कसरी गर्न सक्नुहुन्छ ?’ छोराको यो अबोध प्रतिक्रियापछि यशले उसलाई अभिनय र फिल्मको महत्त्व बुझाउन तस्बिर र रेखाचित्रहरू देखाउनुपरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)