मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अफगानिस्तानले जित्यो हङकङ सिक्सेसको पहिलो उपाधि

kendrabindu.com · Sun Nov 01 10:44:09 UTC 2026

काठमाडौं । अफगानिस्तानले अस्ट्रेलियालाई चार विकेटले पराजित गर्दै हङकङ इन्टरनेसनल सिक्सेस २०२६ को उपाधि जितेको छ। आइतबार भएको फाइनलमा अस्ट्रेलियामाथि रोमाञ्चक जित निकाल्दै अफगानिस्तानले प्रतियोगिताको इतिहासमै पहिलोपटक उपाधि आफ्नो नाममा लेखाएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ६ ओभरमा ११५ रन बनाएको थियो। उसका लागि म्याक्स ब्रायन्टले सर्वाधिक ४४ रनको योगदान दिए। अफगानिस्तानले उपाधि जित्न ११६ रनको लक्ष्य पाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)