मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संखुवासभामा उपचारका क्रममा कैदीको मृत्यु

onlinekhabar.com · Sun Nov 01 10:42:57 UTC 2026

१५ कात्तिक, संखुवासभा। सङ्खुवासभा जिल्ला कारागार खादबारीमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला कारागारमा खादबारीमा कैद भुक्तान गरिएका २८ वर्षीय भोला राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला कारागार सङ्खुवासभाका प्रमुख जेलर धनबहादुर श्रेष्ठले जानकारी दिए।

चिचिला गाउँपालिका–१ घर भएका राईको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ३ मृत्यु भएको जेलर श्रेष्ठको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)