ललितपुरमा तास खेलिरहेका आठजना पक्राउ
baahrakhari.com · Sun Nov 01 10:47:39 UTC 2026

काठमाडौं । ललितपुरमा तास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४, इमाडोलका ४१ वर्षीय रामबाबु केसीसहितका व्यक्तिहरू छन् ।
केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा शनिबार (कात्तिक १४) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)