गगनको ‘मिसन प्रधानमन्त्री’ कार्यकर्ता ठग्ने धन्दा: मोहन बस्नेत
barnanmedia.com · Sun Nov 01 10:29:55 UTC 2026

काठमाडौँ — नेपाली कांग्रेसका इतर पक्षका प्रभावशाली नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापाको कार्यशैलीप्रति कडा आक्रोश व्यक्त गरेका छन्। काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले पार्टीपंक्तिलाई कुनै पनि कार्यक्रममा तामझाम नगर्न सभापति थापाले दिएको निर्देशनको तीव्र आलोचना गरेका हुन्।
सम्बोधनका क्रममा नेता बस्नेतले सभापति थापाको दोहोरो मापदण्ड रहेको आरोप लगाउँदै विशेष महाधिवेशनदेखि जिल्ला भ्रमणसम्ममा थापा आफैँले अस्वाभाविक तामझाम देखाउँदै आएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)