प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीकाे बिदाइ भेट
ratopati.com · Sun Nov 01 10:53:14 UTC 2026

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ भेटघाट गरेका छन् । विसं २०७८ कात्तिक २५ गते कार्यभार सम्हाेका प्रदेश प्रमुख खापुङ यही कात्तिक २४ गते पाँचवर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन् ।
बिदाइ भेटघाटमा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिमा उनले पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे । भेटमा प्रदेशको विकास र विविध पक्षमा कुराकानीसमेत भएको मुख्यमन्त्री कार्कीको प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)