मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अनमोललाई लिएर फिल्म बनाउने चर्चा चुलिएपछि दीपकराजको जवाफ- ‘पार्टी बनाउन लागेको भए पो आश्चर्य मान्नु !’

kalakarmi.com · Sun Nov 01 10:56:46 UTC 2026

काठमाडौं– अभिनेता तथा निर्माता दीपकराज गिरीले अभिनेता अनमोल केसीसँग फिल्ममा सहकार्य गर्ने सम्भावनालाई अस्वीकार गरेका छैनन् । तर, तत्कालै अनमोललाई लिएर फिल्म बनाउने कुनै योजना भने नरहेको उनले स्पष्ट पारेका छन् ।

बडादशैँको फुलपातीका दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकको साथ पाइरहेका बेला दीपकराज र अनमोल केसीलाई लिएर नयाँ फिल्म बन्ने चर्चा सामाजिक सञ्जालमा फैलिएको छ । यसले नेपाली फिल्मका यी दुई पुस्ताका कलाकारबीच सहकार्य हुन लागेको हो कि भन्ने चासोसमेत बढाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)