मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेटा भी गाडीबारे प्रकाशित समाचारप्रति न्यौपानेको आपत्ति

hamrakura.com · Sun Nov 01 00:00:00 UTC 2026

नवलपरासी । आफ्नो नाम जोडी नेटा भी गाडीको विषयलाई लिएर प्रकाशित समाचारप्रति पश्चिम नवलपरासीका नेत्रलाल न्यौपानेले आपत्ति जनाएका छन् । गाडी खरिद गरिसकेपछि केही समस्या आएको तर चौधरी ग्रुपका प्रतिनिधिहरूसँग सम्पर्क हुनासाथ सम्मानजनक रुपमा समाधान भइसकेको विषय मिडियामा एकतर्फी रुपमा प्रकाशन भएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

यसो गर्नुको उद्धेश्य आफूले थाहा नपाएको उनले बताए । ‘मैले आज मात्रै उक्त समाचार पढेँ । र, समाचार पढेर आश्चर्यचकित भएँ', न्यौपानैले भने, ‘मेरो बारेमा समाचार प्रकाशित गर्दा मसँग त सोध्नु पर्ने होइन र ? समाचारमा मलाई पीडितका रूपमा प्रस्तुत गरिएको छ जबकि यो समस्या नौ महिनाअघि नै समाधान भइसकेको छ । वास्तवमा भन्नुपर्दा चौधरी ग्रुपले मलाई कुनै व्यवसायिक सीमामा मात्र नरही मेरो चाहना अनुसार सम्मान गरेकाले म अत्यन्तै प्रसन्न छु ।’

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)