नेपाल एसबीआई बैंकको नाफा ५५ करोड २२ लाख, कस्ता छन् अन्य सूचक ?
arthasansar.com · Sun Nov 01 10:59:10 UTC 2026

नेपाल एसबीआई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको असोज मसान्तसम्म बैंकले ५५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको तुलनामा १०.१० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ५० करोड १६ लाख रुपैयाँ नाफा अआर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७१ प्रतिशतले घटेर १ अर्ब २६ करोड ९७ लाख रुपैयाँमा झरेको छ। गत आवको सोही अवधिमा बैंकले १ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन नाफा ७८ करोड ३४ लाख रुपैयाँ पुग्दा करअघिको नाफा ७८ करोड ८८ लाख रुपैयाँ पुगेको छ । बैंकले शुल्क तथा कमिसनबाट ३६ करोड ७० लाख रुपैयाँ खुद आम्दानी गरेको छ भने धितोपत्र तथा अन्य कारोबारबाट ११ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)