बौद्ध शान्ति पोखराको विजयी सुरुवात
gorkhapatraonline.com · Sun Nov 01 11:08:32 UTC 2026
आठौँ कालीगण्डकी गोल्डकप फुटबलमा बौद्ध शान्ति फुटवल क्लब पोखराले विजयी सुरुवात गरेको छ । आइतबार भएको उद्घाटन खेलमा बौद्ध शान्ति पोखराले मर्दिखोला युनाईटेड पर्वतलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
बौद्ध शान्तिको जितका लागि सुसन गुरुङले १४ र ३४ तथा आशिष गुरुङले १९ र ३५ मिनेटमा गोल गर्नुभयो । द राइजिङ ग्रुप चापाकोटले आयोजना गरेको प्रतियोगिता १३ गते गर्ने तय भएपनि दुई दिन सरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)