पुच्छर नभएको हात्तीमा रेडियोकलर जडान गरिँदै
kendrabindu.com · Sun Nov 01 11:24:51 UTC 2026

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको पुच्छर नभएको ‘लिणे’ हात्तीमा रेडियो कलर (जिपिएस) जडानको तयारी भइरहेको छ । निकुञ्ज छेउछाउका बस्तीमा गएर मानवीय क्षति पुर्याउनुका साथै स्थानीयको घर, भान्सा र गोठ भत्काएर धनमालमा क्षति पुर्याउन थालेपछि निकुञ्ज प्रशासनले चितवनबाट रेडियो कलर मगाएर केही दिनभित्रै जडान गर्ने गृहकार्य गरेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले चितवनबाट शनिबार साँझ रेडियोकलर शुक्लाफाँटा आइपुगेको बताए । गत वर्षअघि लालझाडीको ढक्का र भीमदत्त नगरपालिकाको बनकट्टीमा गरी दुई जनाको ज्यान लिएको थियो । पछिल्लो समय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणसिंह दल गणले सुरक्षा सक्रियता कारण उक्त हात्तीले मानवीय क्षति भने गर्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)