मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

khabarhub.com · Sun Nov 01 11:50:10 UTC 2026

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ भेटघाट गरेका छन् । विसं २०७८ कात्तिक २५ गते कार्यभार सम्हालेका प्रदेश प्रमुख खापुङ यही कात्तिक २४ गते पाँचवर्षे कार्यकाल पूरा गरी बिदा हुँदै छन् ।

बिदाइ भेटघाटमा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिमा उनले पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे । भेटमा प्रदेशको विकास र विविध पक्षमा कुराकानीसमेत भएको मुख्यमन्त्री कार्कीको प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)