मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कपिलवस्तुमा लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीद्वारा दुई राउण्ड हवाई फायर, दुई जना पक्राउ

annapurnapost.com · Sun Nov 01 11:45:53 UTC 2026

कपिलवस्तु : लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिने क्रममा कपिलवस्तुमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ। कपिलवस्तुको वाणगंगा नगरपालिका–३ राजापानीस्थित राधाकृष्ण खाजा पसलमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपरा र लागूऔषध नियन्त्रण ब्युरो भैरहवाको संयुक्त टोली त्यहाँ पुगेको थियो।

प्रहरीलाई देखेपछि भाग्न खोजेका दुई जनालाई नियन्त्रणमा लिने क्रममा प्रहरी नायब निरीक्षक सागर भट्टराईले बोकेको पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए। प्रहरी नायब उपरीक्षक सिंहका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का २६ वर्षीय सलाउदिन मुसलमान र वाणगंगा नगरपालिका–६ का २९ वर्षीय उमेश थारू रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)