२ हजार युवालाई एआईको व्यावहारिक ज्ञान दिँदै सरकार, अनलाइनबाट आवेदन दिन सकिने
ictsamachar.com

काठमाडौं । सरकारले युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगमा दक्ष बनाउने उद्देश्यले विशेष तालिम सञ्चालन गर्ने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले आईएनजी ग्रुप र ज्ञान बजार अनलाइन प्रालिसँगको सहकार्यमा तालिम आयोजना गर्न लागेको हो ।
तालिममा युवाहरूलाई च्याटजीपीटी, क्लाउडलगायत लोकप्रिय एआई टुलहरूको व्यावहारिक तथा प्रभावकारी प्रयोगबारे प्रशिक्षण दिइनेछ । यसका साथै उपयोगी प्रम्प्ट लेख्ने तरिका, एआईको सहायताले इमेल, टिपोट, बैठकका निर्णय तथा आकर्षक प्रस्तुति तयार गर्ने सीप समेत सिकाइने प्रतिष्ठानले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)