मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायाधीशविरुद्ध महाअभियोगको बाटोमा रास्वपा !

lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालमाथि महाअभियोग प्रस्ताव अगाडि बढाउने तयारी थालेको छ । पार्टी सचिवालय बैठकपछि यस्तो तयारी अगाडि बढेको हो ।

शनिबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेको थियो । उक्त बैठकमा सभापति रवि लामिछानेले नै फुयाललाई महाअभियोग लगाउनुपर्छ भन्दै प्रस्ताव राखेका थिए । बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार उक्त विषयमा सहभागी अन्य सदस्यहरू पनि सहमत भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)