मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दाङको देउखुरी क्षेत्रका आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

barnanmedia.com · Sun Nov 01 11:59:05 UTC 2026

जिल्ला भूमि समस्या समाधान समितिले आज यहाँका आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले आठ जना भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको हो ।

अध्यक्ष पोखरेलले दिएको जानकारीअनुसार साविकको गोवरडिया गाविस वडा नं ६ ‘ख’ (हाल गढवा-३) का पाँच, साविक सोनपुर-५ ‘क’ (हाल लमही नगरपालिका ३) का दुई र साविक लालमाटिया-३ का (हाल राप्ती गाउँपालिका-१) का एक जना भूमिहीन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)