मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमतीमा लेखा समूहका २४८ कर्मचारीको एकैपटक सरुवा

ratopati.com · Sun Nov 01 12:13:21 UTC 2026

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवा, लेखा समूहका २४८ जना कर्मचारीको एकै पटक व्यापक सरुवा तथा पदस्थापन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको कात्तिक १३ गतेको प्रदेश सचिवस्तरीय निर्णयानुसार वरिष्ठ लेखा अधिकृतदेखि सह–लेखापाल सम्मका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

प्रदेश मातहतका विभिन्न मन्त्रालय, निर्देशनालय, डिभिजन कार्यालय,अस्पताल, यातायात व्यवस्था कार्यालय, आयोजना तथा एकाइहरूमा आर्थिक प्रशासनलाई थप चुस्त, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले ठुलो सङ्ख्यामा कर्मचारीहरूको सरुवा र पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)