पुस्तान्तरणको बहस : नेतृत्व परिवर्तन कि राजनीतिक संस्कारको रूपान्तरण ?
nepalpress.com · Sun Nov 01 12:21:44 UTC 2026

नेपाली राजनीतिमा अहिले एउटा महत्त्वपूर्ण प्रश्न उठिरहेको छ-राजनीतिक दलहरूमा पुस्ता अन्तरणको माग किन चर्किँदै छ ? के यो पुरानो नेतृत्वप्रतिको असन्तुष्टिको अभिव्यक्ति मात्र हो, कि लामो समयदेखि जरा गाडेर बसेको राजनीतिक संस्कृतिलाई बदल्ने प्रयास पनि हो ? नयाँ पुस्ताले नेतृत्वमा दाबी गरिरहँदा पुरानो पुस्ता आफ्नो अनुभव र योगदानका आधारमा निरन्तरता खोजिरहेको देखिन्छ । यसबीचको बहस उमेर र अनुहार परिवर्तनमा मात्र सीमित नभई नेपाली राजनीतिको चरित्र, नेतृत्व निर्माण प्रक्रिया र लोकतन्त्रको अभ्यासमाथि प्रश्न उठाउने विषय बनेको छ ।
राजनीतिक दलहरू लोकतन्त्रका आधारस्तम्भ हुन् । जनताका आकाङ्क्षालाई विचार, नीति र कार्यक्रममार्फत राज्य सञ्चालनसँग जोड्ने जिम्मेवारी तिनकै हुन्छ । तर नेतृत्व सीमित व्यक्तिको वरिपरि केन्द्रित हुँदा नयाँ नेतृत्वको विकास अवरुद्ध हुन्छ र निर्णय प्रक्रियामा सीमित समूहको प्रभाव बढ्छ । त्यसैले पुस्ता अन्तरणको बहस कसले पार्टीको नेतृत्व गर्ने भन्ने प्रश्नमा मात्र सीमित हुनु हुँदैन। नेतृत्व कसरी चयन हुन्छ, शक्ति कसरी हस्तान्तरण हुन्छ र नेतृत्वमा पुगेपछि कस्तो परिवर्तन ल्याइन्छ भन्ने प्रश्न पनि यससँग जोडिनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)