टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई
kendrabindu.com · Sun Nov 01 12:57:33 UTC 2026

काठमाडौं । ‘टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार २०८३’ साहित्यकार खेमनाथ दाहाललाई प्रदान गरिने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष गीता सिंहको अध्यक्षतामा भएको बैठकले दाहाललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यसअघि उक्त पुरस्कार कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ तथा कीर्तिमानी गीतकार डा उपाध्यायलाई प्रदान गरिएको थियो । नेपाली गीत सङ्गीत क्षेत्रको प्रवर्द्धन तथा स्रष्टालाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले गायक तथा सङ्गीतकार कन्हैया सिंहले आफ्ना मातापिताका नाममा उक्त पुरस्कार स्थापना गर्नुभएको प्रतिष्ठानले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)