बंगलादेशमा गार्मेन्ट मजदुर आन्दोलित, न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न ज्याला बोर्ड गठन
bishowkhabar.com · Sun Nov 01 13:17:36 UTC 2026

काठमाडौं– बंगलादेशले गार्मेन्ट उद्योगमा कार्यरत मजदुरको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न नयाँ ज्याला बोर्ड गठन गरेको छ । औद्योगिक क्षेत्रका प्रमुख केन्द्रहरूमा चर्किएको मजदुर आन्दोलन नियन्त्रण गर्ने प्रयासस्वरूप सरकारले यस्तो निर्णय गरेको हो ।
आइतबार ज्याला बोर्ड गठनको घोषणा गरिए पनि राजधानी ढाकासहित आसपासका क्षेत्रमा हजारौं मजदुरले पारिश्रमिक वृद्धि माग गर्दै प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका क्रममा प्रहरी र मजदुरबीच झडपसमेत भएको छ । प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्याँस र ध्वनि ग्रिनेड प्रहार गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)