चिकित्सा शिक्षा आयोगको निर्देशक पद रिक्त राखेर श्रीमतीलाई जिम्मेवारी
onlinekhabar.com · Sun Nov 01 13:33:40 UTC 2026

१५ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. देवेन्द्रबहादुर खत्रीले आफ्नै श्रीमतीलाई कार्यवाहक निर्देशकको जिम्मेवारी दिएर मेडिकल कलेजको सिट निर्धारण गराएको आरोप लागेको छ ।
आयोगको नेतृत्वमै बसेर आफैंले काम गरेको संस्थामा सिट बढाउने निर्णय गराउन भूमिका खेलेको र त्यसका लागि श्रीमतीलाई कार्यवाहक निर्देशक बनाएको आरोप सार्वजनिक भएपछि आयोगको निष्पक्षता र निर्णय प्रक्रियामाथि प्रश्न उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)