गुरागाईंको राजीनामा प्रकरण : सुशासन समितिले बोलायो बैठक, छानबिनको निर्णय गर्न सक्ने
ratopati.com · Sun Nov 01 14:03:46 UTC 2026

विराटनगर । कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले दिएको राजीनामा र राजीनामा दिनु अगाडि उनको विषयमा उठेका प्रश्नको विषयमा छलफल गर्न कोशी प्रदेशको योजना तथा सुशासन समितिले बैठक बोलाएको छ ।
गुरागाईंप्रति विभिन्न आर्थिक तथा पदीय अनियमितता र स्वार्थको द्वन्द्वसम्बन्धी गम्भीर आरोप लागेको थियो । उक्त आरोप लागेपछि गुरागाईंले राजीनामा दिएका थिए । उक्त राजीनामा कात्तिक १६ गतेदेखि लागु हुनेगरी प्रदेश प्रमुख पर्शुराम खापुङले स्वीकृत गरेका हुन्, तर आरोप लागेपछि त्यसको निरुपण हुनुपर्ने विषयमा प्रदेशकै कतिपय सांसदहरुले आवाज उठाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)