मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उद्योग वाणिज्य महासंघले ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना गर्ने

kendrabindu.com · Sun Nov 01 14:07:45 UTC 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ ।

नेपाल सरकारको आपूर्ति मन्त्रालयको सहयोगमा आयोजना हुन लागेको मेलामा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघ सहआयोजकका रूपमा रहनेछन्। आयोजकका अनुसार मेला आगामी २०८३ मंसिर १७ गतेदेखि २१ गतेसम्म पाँच दिन सञ्चालन हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)