मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1Pickup)  भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

annapurnapost.com · Sun Nov 01 14:00:55 UTC 2026

काठमाडौं : फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा TM1 विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. (MAW Vridhi Commercial Vehicles Pvt. Ltd.) अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो।

Together Towards Greener Future नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धतालाई दर्शाएको छ। भाटभटेनी सुपरमार्केटले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारीसाधन समावेश गर्नुले व्यवसाय सञ्चालनसँगै वातावरण संरक्षणलाई पनि प्राथमिकता दिएको देखाउँछ। कम्पनीका अनुसार फोटोन TM1 विद्युतीय सवारीसाधन वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र भरपर्दो कार्यक्षमताका कारण व्यावसायिक ढुवानीका लागि उपयोगी विकल्प बन्न सक्छ। एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. (MAW Vridhi Commercial Vehicles Pvt.Ltd.) का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)