कांग्रेसले देखाएको सदाशयतालाई सरकारले कमजोरीका रूपमा लियो : आङ्देम्बे
annapurnapost.com · Sun Nov 01 14:13:36 UTC 2026

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति देखाएको सदाशयतालाई सरकारले कमजोरीका रूपमा लिएको आरोप लगाएका छन्।
आइतबार पार्टी कार्यालय सानेपामा बोल्दै नेता आङ्देम्बेले सरकार संसद्को मर्यादा, कानुनी शासन, पारदर्शिता र जवाफदेहिताजस्ता आधारभूत लोकतान्त्रिक मूल्यप्रति गम्भीर नदेखिएको टिप्पणी गरे। नेता आङ्देम्बेले राज्यका निकायहरूबाट पटक–पटक संसद्को मर्यादा र स्थापित विधि–प्रक्रियाको बेवास्ता हुने गरेको बताए। सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले यस्ता विषयमा नेपाली कांग्रेस गम्भीर रहेको स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)